नेभिगेशन
राजनीति

कांग्रेससँगको परामर्शमा नै प्रधानमन्त्री ओलीले ल्याएका थिए अध्यादेश, इतर पक्षका नेतालाई झड्का

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेका अध्यादेश नेपाली कांग्रेससँगको परामर्शका आधारमा नै ल्याइएका कारण लामो टिप्पणी गर्न आवश्यक नरहेको मन्त्रीहरूसँगको ब्रिफिङका क्रममा नेताहरूले बताएका छन्।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूसँगको छलफलका क्रममा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसरी जानकारी गराएका थिए। 

अध्यादेशको इतर पक्षका नेता डा. शेखर कोइरालासहित नेता एनपी साउदले पनि आलोचन गरेका थिए। पार्टीसँगको परामर्शमा नै ल्याएको भन्ने जवाफ सुनेपछि भने उनीहरुलाई झड्का लागेको छ।

२ राज्यसहित १२ मन्त्रालय सम्हालिरहेका कांग्रेसका मन्त्रीहरूले सरकारमा रहेका बेला मन्त्रालयगत कामको प्रभावकारिताका विषयमा सुनाएका थिए। 

सभापति देउवाले मन्त्रीका कुरा सुनिरहेका बेला महामन्त्री गगन थापा पनि सहभागी रहेका छन्। थापाबाहेक कृष्ण सिटौला र अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मन्त्रीका प्रगतिका विषय सुनिरहेका छन्।

सरकारलाई थप प्रभावकारी बनाउन अझ जनअपेक्षित काममा लक्षित हुनका लागि मन्त्रीहरुले निर्देशन पाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति