एनआईसी एशिया बैंकको सञ्चालक समितिबाट वित्तीय विवरण स्वीकृत
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरण स्वीकृत गरेको छ।
पुस २९ गते सम्पन्न सञ्चालक समितिको ६९४औं बैठकले नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको हो।
बैठकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साथै, सो विवरणलाई अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिने जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकले २७औं वार्षिक साधारण सभा यथाशीघ्र आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
सञ्चालक समितिको निर्णयबारे जानकारी गराउँदै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरणलाई थप परिमार्जन बिना स्वीकृत गरिएको स्पष्ट पारेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १२:३७
प्रतिक्रिया दिनुहोस्