Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा भएको कुम्भमेलामा जाने भनी स्टिभ जब्सले १९७४ लेखेको हस्तलिखित पत्र ४ करोडको लिलामीमा

बिहीबार, माघ ३, २०८१

काठमाडौ - एप्पलका दिवंगत सह-संस्थापक स्टिभ जब्सले कुम्भ मेला भ्रमण गर्ने योजनाको बारेमा 1974 मा हस्तलिखित पत्र हालै ₹ 4.32 करोडमा लिलामी गरिएको थियो। 

बोनहम्सले लिलामी गरेको उक्त पत्र उनको बाल्यकालको साथी टिम ब्राउनलाई सम्बोधन गरिएको हो। त्यसमा उनले त्यही वर्षको अप्रिलमा हरिद्वारमा सुरु हुने कुम्भ मेलाका लागि भारत जाने इच्छा व्यक्त गरेका थिए ।

एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्। बुधबार सम्पन्न महाकुम्भ मेलामा उनले निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा (गुरु मन्त्र) लिएकी हुन्।

गुरु गिरीले अनुष्ठानपछि उनलाई "कमला" नाम दिएका छन् र उनको गोत्र "अच्युतम" राखिएको छ। दीक्षा ग्रहणका क्रममा गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिँदै उनलाई आशीर्वाद प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

लरेन पावेल जब्सको यो कदमले आध्यात्मिकता र सनातन धर्मप्रति उनको आस्था झल्काउँछ। सनातन धर्मको यस प्रकारको स्वीकारोक्तिले पश्चिमी जगतमा पनि यसको आकर्षण र प्रभावलाई देखाउँछ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्