अब साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने
काठमाडौं- अब साना कम्पनीहरुले पनि आईपीओ जारी गर्न पाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले नयाँ कार्याविधि बनाएर साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार गर्न दिने भएको हो । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ नियमावली जारी भएको छ ।
‘नेपाल सरकारबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय भएको थियो । सोही निर्णय बमोजिम बोर्डबाट साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ बनेको हो ।
२०८१ साल माघ ३ गतेबाट लागू हुने गरी जारी गरिएको छ । यस नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई समेत पत्राचार गरिएको छ’, बोर्डले निकालेको सूचनामा उल्लेख छ ।