कुटपिट गर्ने रास्वपा र रवि समर्थकविरुद्ध त्रिपाठीले दिए प्रहरीमा जाहेरी
काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध जाहेरी दिएका छन्।
उनले आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै प्रहरी वृत्त सिंहदरवारमा बिहीबार जाहेरी दिएका छन्।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किँदै गरेका त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो। त्यही क्रममा ललितकुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त सिंहदरवारले जनाएको छ।
सिसिटिभीमा हेरेर त्रिपाठीले केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। त्यसमा प्रहरीले सिसिटिभीका फोटो हेरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
नेपाली कांग्रेसले पनि अधिवक्ता त्रिपाठीमाथि जिल्ला अदालत परिसरमा भएको हातपातको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १७:०४
प्रतिक्रिया दिनुहोस्