Nic Ad Nic Ad
Nic Ad Nic Ad

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’

बिहीबार, माघ ३, २०८१

काठमाडौ - गत पौष २७ गते शनिबार सार्वजनिक गरिएको प्रतिक्षित सिनेमा ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । सिनेमाको यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया सहित करिब २२ लाख दर्शकको साथ पाएको हो ।

युट्युब ट्रेन्डिङको म्युजिक सेक्सन तर्फको शिर्ष स्थानमा उक्लिएको गीतले हालसम्म ८७ हजार लाइक र तीन हजार ८ सयबढि प्रतिक्रिया पाएको छ । यो गीत म्युजिक सेक्सनमा मात्रै नभई युट्युब ट्रेन्डिङको मुख्य सेक्सन जहाँ लामो समयदेखि सर्टस् भिडियोको अधिपत्य तोड्दै ५ नम्बरमा बसन्तको गीत आइपुगेको छ ।

सार्वजनिक गीतको कमेन्टबक्स हेर्दा सिनेमाप्रति दर्शकको चासो बढ्नुका साथै लोकेसन, कोरियोग्राफी, गायन र सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रशंसामा शब्द खर्चिएको देख्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्