Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ताको तयारी

शुक्रबार, माघ ४, २०८१

काठमाडौ - जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा रविसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।

यदि बिहीबार कुनै प्राविधिक कारणले मुद्दा दर्ता नभए शुक्रबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।  

प्रहरीले गत शुक्रबार नै दुई प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको थियो ।  प्रहरीले दिएको सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्