Nic Ad Nic Ad
Nic Ad Nic Ad

सवारी साधन प्रदुषणबारे बालेनले फेरि गरे यस्तो पोस्ट

शुक्रबार, माघ ४, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा सवारी साधनको प्रदुषण परिक्षणको कामलाई निरन्तरता दिएको छ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा पोस्ट राखी यसबारे पुनः जानकारी दिएका छन्। 

बालेनले लेखेका छन्,‘ महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ।’

‘मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ। सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ’ बालेन लेख्छन्,‘सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।’

यस्तो छ बालेनको बाँकी पोस्ट
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्