Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपक्षी दलको बैठक जारी

शुक्रबार, माघ ४, २०८१

काठमाडौँ- नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी ६ दलको बैठक बसेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठकपछि शुक्रबार अपराह्न ३ बजे संसद भवनभित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन्।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लो पटक सरकाले अध्यादेश जारी गरेपछि थप रुष्ट छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको थियो। सदनमा विचाराधीन विधेयक पनि अध्यादेशका रूपमा जारी गरिनु गैर संवैधानिक भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको थियो।

शुक्रबार पनि यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपक्षी दलको बैठक बस्दै
शुक्रबार, माघ ४, २०८१