Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण, तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन

शुक्रबार, माघ ४, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए । उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्