Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले गर्‍यो कोशी प्रदेश सभापतिलाई निलम्बन

शुक्रबार, माघ ४, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो। ‘केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ’, पत्रमा भनिएको छ ।

पार्टीको कोशी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ । उनले साधारण सदस्यबाटै निकालिएका पूर्व महामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए ।

सोही आधारमा उनलाई निलम्बन गरिएको रास्वपा कोशीका एक नेताले जानकारी दिएका छन् । पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्