Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुङ्बा शेर्पाले खिचेका वन्यजन्तुका तस्बिरहरू सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने

शनिबार, माघ ५, २०८१

काठमाडौं -"वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचे का तस्बिरहरू उनको फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने भएको छ ।

शुक्रबार स्व. शेर्पाको परिवारले एक पोस्टमार्फत शेर्पाले खिचेका उत्कृष्ट तस्बिर र त्यससँग जोडिएका कथा सामाजिक सञ्जालमा नियमित रूपमा राख्ने जानकारी दिएको हो ।

शेर्पाको फेसबुक पेजमा लेखिएको छ, “हामी उहाँको उत्कृष्ट कामहरू (वाइल्डलाइफ फोटोग्राफी) र तिनको पछाडिका कथा शेयर गरेर उहाँको विरासतलाई निरन्तरता दिन प्रतिबद्ध छौं । प्रत्येक तस्बिर केवल एउटा तस्बिर मात्र नभई यो वन्यजन्तु संरक्षणप्रतिको उहाँको समर्पण र जोशको प्रमाण पनि हो ।”

शेर्पाले खिचेका तस्बिरहरू फेसबुक, इन्स्टाग्राम, टिकटक  लगायत उनका आधिकारिक अकाउन्टमा उपलब्ध हुनेछन् ।

पर्यटनमा आधारित होटल व्यवसाय सञ्चालन गर्दै आएका शेर्पाले आफ्नो अवकाश जीवन वन्यजन्तु फोटोग्राफीमा समर्पित गरेका थिए । विगत एक दशकदेखि उनी देश-विदेशमा गई वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय थिए । 

२९ पुसमा काठमाडौंको ग्रान्डी अस्पतालमा उनको उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्