Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिका जलिरहेछः लस एन्जलस आगलागी झनै भयानक बन्दा २७ को ज्यान गयो, १२ हजार संरचना ध्वस्त

शनिबार, माघ ५, २०८१

काठमाडौं– दुई सातादेखि जलिरहेको अमेरिकाको आगलागी झनै भयानक हुन थालेको छ। नियन्त्रणका लागि प्रयत्न जारी राखिए पनि मानवीय, संरचनागत क्षती झनै बढीरहेका छन्। 

स्थानीय समय शुक्रबार राती र नेपालको शनिबार बिहानसम्म आएको विवरणअनुसार कम्तिमा २७ जनाको ज्यान गुमेको छ भने १२ हजार संरचना आगलागीमा ध्वस्त भएका छन्।

लस एन्जलस राज्यमा भएको यो भयानक आगलागी ६० बर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको अमेरिकी समाचार संस्था सीबीएस न्यूजले जनाएको छ।

यो समाचार तयार पार्दा पालिसेड्स र ईटनका जंगलमा अहिले पनि आगलागी जारी रहेको समाचार संस्थाहरुले जनाएकाछन्।

अहिले हावा हुन्डरी कमजोर रहेका कारण अग्नी नियन्त्रकका लागि केही सहज भएको बताइएको छ। तैपनि अमेरिका जल्न छाडेको छैन। 

त्यहाँको स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले जंगलमा आगो फैलन नदिनका लागि बिमानहरु, हेलिकोप्टरलगायतको प्रयोग गरी विभिन्न केमिकल छर्ने काम जारी राखेका छन्।

राष्ट्रिय मौसम सेवाले अर्को हप्ता खतरनाक अवस्था हुने अनुमान गरेको छ।

अधिकारीहरूले लस एन्जलस काउन्टीका दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश अन्तर्गत रहेको बताएका छन्। 

पालिसेड्स र ईटन फायर जोनका लागि साँझ ६ बजेदेखि कफ्र्यू अझै प्रभावकारी रुपमा कार्यान्वयन भएको बताइन्छ।

लस एन्जलसका मेयर करेन बासले शुक्रबार घोषणा गरे कि नागरिक नेता स्टीभ सोबोरोफ जो एक पूर्वप्रहरी आयुक्त र दिवंगत पूर्वमेयर रिचर्ड रियोर्डनको सल्लाहकारलाई मुख्य नियन्त्रक अधिकारीका रूपमा पालिसेड्स फायर पछि शहरको पुनर्निर्माण प्रयासहरूको नेतृत्वको जिम्मेवारी दिइएको छ। 

राज्यका सांसदहरूले लस एन्जलस काउन्टीमा पुनर्निर्माण र रिकभरी प्रयासहरूलाई गति दिने उद्देश्यले नयाँ विधेयक प्रस्तावहरू घोषणा गरेपछि एक दिनपछि यो घोषणा आएको हो।

‘स्टीव सोबोरोफको नाम आशासँग जोडिएको छ,’ मेयर बासले भने,‘उनले पुनर्निर्माण र छिटो गर्नको लागि एक व्यापक शहर रणनीति सिफारिस गर्नेछन्। द्रुत यहाँ एक धेरै महत्त्वपूर्ण शब्द हो। हामी स्थानीय बासिन्दाहरू, व्यवसायहरू, विद्यालयहरू, गैर–नाफामुखी र पार्कहरूको पुनर्निमाण छिटो गर्न चाहन्छौं।’ 

उनले पुनर्निर्माण योजना बनाउन कोही पनि सक्षम नभएको बताइन्। 

‘उहाँले हाम्रा समुदायहरू जान्नुहुन्छ। उहाँलाई सिटी हल कसरी सक्रिय गर्ने भनेर थाहा छ। उहाँ सिटी हलमा हुनुहुन्छ’, उनले भनेकी छन्। 

सोबोरोफले दश बुँदे योजनाअनुसार काम गर्ने बताएको समाचारहरुमा जनाइएका छन्।

‘यो पीडितहरूको बारेमा हो। यो समुदायलाई पुनस्र्थापित गर्ने बारे हो, किनभने समुदायबिना मानिसहरू हराउँछन्’, सोबोरोफले भनेका छन्।

पालिसेड्स आगोले समुदायलाई ध्वस्त बनायो, सबैभन्दा भर्खरको शुक्रबार मात्रको गणनाले ३ हजार ५०१ संरचनाहरू नष्ट भएको र ६०३ वटा संरचनाहरू क्षतिग्रस्त भएको देखाउँछ। मालिबु र प्यासिफिक पालिसेड्समा घरहरू, पसलहरू, विद्यालयहरू र प्रिय स्थलचिन्हहरू जलाएको विवरण सार्वजनिक भएका थिए।

(एजेन्सीहरुको सहयोगमा)
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्