Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्प र सीबीच टेलिफोन वार्ता

शनिबार, माघ ५, २०८१

काठमाडौं - अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । नयाँ राष्ट्रपतिका रुपमा ट्रम्पले शपथ ग्रहण गर्नुअघि चिनिया समकक्षीसँग टेलिफोन वार्ता गरेका हुन् । ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् । दुई राष्ट्रपतिबीच विभिन्न समसामयिक मुद्दामा छलफल भएको बताइएको छ ।

ट्रम्पको शपथ ग्रहण समारोहमा चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुने तय भइसकेको छ। ट्रम्पले चिनिया समकक्षी सीसँग वार्ता भएको र यो कुराकानी दुवै देशको हितमा रहेको सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।

‘मलाई विश्वास छ, हामी मिलेर कैयौँ समस्याहरुको समाधान गर्ने छौँ र त्यसको शुरुवात तत्काल गर्नेछौँ’, ट्रम्पले लखेका छन् । ट्रम्पले दुई देशबीचको व्यापार, टिकटकमाथिको प्रतिबन्ध लगायतका कैयौँ विषयमा छलफल भएको उनको भनाइ छ । ट्रम्पले राष्ट्रपति शी र आफू मिलेर विश्वलाई अझै शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि हरसम्भव प्रयास गर्ने उल्लेख गरेको छ । पछिल्ला केही वर्षयता अमेरिका र चीनबीच व्यापारद्वन्द्व चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्