Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो

शनिबार, माघ ५, २०८१

किमाथाङ्का (सङ्खुवासभा)- सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ ।

भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए । 

शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्