Nic Ad Nic Ad
Nic Ad Nic Ad

तोषिमा कार्कीको उम्मेदवारी जोगाइदिने बरिष्ठ वकिल त्रिपाठीको रास्वपा कार्यकर्ताले गर्दैछन् दानवीकरण

शनिबार, माघ ५, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटको बचाऊमा अहिले साइबर बुलिङ जारी राखेका छन्। 

त्रिपाठीलाई कांग्रेस भनी बुलिङ गर्दा अराजक अभिव्यक्तिको बर्षात् गरिरहेका छन्। तर, त्रिपाठी ति अधिवक्ता हुन् जसले रास्वपाको २१ सांसद मध्यकी एक जनालाई निर्वाचनमा उम्मेदवार कायम गर्न बहस गरेका थिए र उम्मेदवारी कायम गराउन सफल भएका थिए। 

रास्वपा सांसद तोषिमा कार्कीले ललितपुर–३ मा जित्ने अवसर दिलाउने त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले आक्रमण गराएका थिए। 

सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, जसको पैरवी त्रिपाठीले नै गरेका थिए। 

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्ने बाध्यताको बहस त्रिपाठीले गरेका थिए। 

मुद्दा जितेपछि कार्कीले त्रिपाठीसँग तस्बिर पनि खिचाएकी थिइन्। 

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

सर्वोच्चले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद वा नियमित जिम्मेवारीको पद नभएको बताउन बाध्य पार्ने उनै त्रिपाठी थिए। 

प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा १२ को खण्ड (ङ) अनुसार काउन्सिलको सदस्य पद लाभको पद नमानिने व्याख्याको दलील त्रिपाठीले गरेका थिए।

‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अस्थाको देखिन आउँछ’ त्रिपाठीको दलीलअनुसार आदेशमा भनिएको थियो।

तर सहकारी प्रकरणमा जाहेरीकर्ताको तर्फबाट बहस गरेका त्रिपाठीलाई अहिले रास्वपा कार्यकर्ताले आक्रमण मात्र गरेका छैनन्, दानबीकरण गर्न साइबर बुलिङ गरिरहेका छन्। रास्वपा कार्यकर्ता ललित केसीले उनीमाथि आक्रमण गरेका थिए।

त्रिपाठी ०७० सालको संविधान सभाको निर्वाचनमा भाग लिएको तस्बिर पोस्ट गरी कांग्रेस कार्यकर्ता भएको र त्यो आक्रमण सही भन्दै रास्वपा कार्यकर्ताले दानवीकरण गरिरहेका छन्। 

जबकि त्रिपाठी नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जेल पठाउने, कांग्रेसकै पूर्वमन्त्री अफताब आलमलाई थुनामा पठाउने, सदन विघटनविरुद्ध बहस गरी पुनस्र्थापित गराउने अधिवक्ता हुन्। 

आफू प्रतिकूल हुने स्थिति आएपछि त्रिपाठीमाथि रास्वपाले आक्रमण मात्र गराएन, उनको बचाऊका निम्ति सभापति रवि लामिछाने, कार्यबाहक सभापति डीपी अर्यालले एक शब्द पनि बोलेका छैनन्। त्यो त परको कुरा भयो जसको उम्मेदवारी कायम गराए उनै कार्की समेतले त्रिपाठी आक्रमणका विषयमा केही भनिनन्।
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्