अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनु पर्छ: राजेन्द्र महतो
सिरहा- राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले मधेस केन्द्रित दल टुट्न हुँदैन भने ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्