Nic Ad Nic Ad
Nic Ad Nic Ad

खो खो विश्वकपको इतिहासमा नेपाल फाइनलमा

शनिबार, माघ ५, २०८१

काठमाडौं- भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ ।

नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो ।

नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो ।

नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।

नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्