युद्धविराम घोषणापछि भएका हमलामा गाजामा १२२ मारिए
काठमाडौं - युद्धविराम घोषणा भएपछि गाजामा इजरायलले गरेको हमलामा परी १२२ जना मारिएका छन् । १५ जनवरी २०२५ मा दुई इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा भएको थियो ।
हमासका प्रवक्ता महमूद बसलका अनुसार मारिनेहरूमा ३३ बालबालिका पनि रहेका छन् । यसबाहेक, बीबीसीका अनुसार यस अवधिमा २७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको हो । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।’
हमासले युद्धविराम लागु हुनु अगाडिसमेत इजरायली आक्रमण जारी रहेको बताएको छ।
युनिसेफकी एक अधिकारीले बीबीसीलाई बताए अनुसार गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले उनको आँखा खुल्यो।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान सार्वजनिक गरेको रिपोर्टअनुसार, दक्षिणी गाजाको अल-करारामा शुक्रबार राति अबेर भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।
यसैबीच, एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ ।
आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।
योसँगै सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्ने बाटो खुल्नेछ ।
नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, ‘सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।’
इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।
निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।
त्यस्तै, इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।
इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागु हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।
मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे स्थानीय समयअनुसार १४ :०० बजे रिहा नगर्ने जनाएको छ ।
यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो।
एजेन्सीहरूको सहयोगमा