Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई शंकर पोखरेलको प्रश्न : आफ्नै कार्यकालको बिर्सिनुभयो ?

शनिबार, माघ ५, २०८१

काठमाडौं - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै आफ्नै कार्यकालमा हिउँदे अधिवेशन माघको अन्तिम साता मात्र बोलाएको तर अहिले भने माघको पहिलो हप्तामै नबोलाएको भन्दै चिन्ता व्यक्त गरेको बारे टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले प्रचण्डले प्रतिपक्षी दलहरूको बैठक बोलाएर विशेष अधिवेशन बोलाउने चेतावनी दिएको प्रति पनि व्यंग्य गरे ।

‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ ।’ महासचिव पोखरेलले भने ।

यसैगरी, महासचिव पोखरेलले विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा नगर्ने कुरा प्रचण्डलाई थाहा भए पनि विपक्षी दलको नेताको हैसियतले धम्की दिनै परेको जस्तो देखिएको टिप्पणी गरे ।

‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्‍यो क्यारे ! होइन त ?’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्