Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतद्वारा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत

शनिबार, माघ ५, २०८१

काठमाडौं - भारतले इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी हिंसा रोक्नका लागि दुई पक्षबीच भएको सम्झौताको स्वागत गरेको जनाएको हो ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताले दीगो शान्ति र मानवीय सहायता आपूर्ति सहज हुने अपेक्षा गरिएको जनाएको छ । विदेश मन्त्रालयले भारत लामो समयदेखि सबै बन्धकको रिहाइ, युद्धविराम तथा कूटनीति र वार्ताका माध्यमबाट हिंसा अन्त्य हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेको छ ।

भारतीय अखबार द हिन्दुका अनुसार कतार र अमेरिकाको मध्यस्थतामा दुई पक्ष युद्धविरामका लागि सहमत भएका हुन् । सम्झौता अनुसार हमासले आफ्नो कब्जामा रहेका ३३ जना इजरायली बन्धकलाई रिहा गर्नेछ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्