Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिल्ला अदालत काठमाडौंमा उपस्थित भए सहकारी ठगीका अभियुक्त पूर्वडीआईजी जोशी

आइतबार, माघ ६, २०८१

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।

जोशी आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार