हमासले जारी गर्यो रिहा हुने तीन बन्धकको नाम
काठमाडौं- इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।
टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकहरूको नाम जारी गरेको हो ।
रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् । तिनीहरूमध्ये एक, एमिली, इजरायल र बेलायतको दोहोरो नागरिकता छ ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।
युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १५:२४
प्रतिक्रिया दिनुहोस्