नेपालले खो खो विश्वकप जिते कति पुरस्कार पाउँछन् ?
काठमाडौं- प्रथम खो खो वर्ल्ड कप २०२५ मा नेपालको महिला र पुरूष दुवै टिमले फाइनल पुगेर इतिहास रचिसकेको छ । नेपालबाट टिम गेममा कुनै पनि खेलको विश्वकप फाइनल पुगेको यो पहिलोपटक हो ।
यसअघि क्रिकेटबाट सिनियर र जुनियर टिमले विश्वकप खेलेको भएपनि फाइनलमा पुग्न सकेको छैन । खो खो बाट टोलीले एकैपटक फाइनल पुग्दै ठूलो उपलब्धि हासिल गरेको छ ।
विश्वकपजस्तो ठूलो मेलामा फाइनल पुगेपछि नेपाली खो खो टिमले पुरस्कार पनि टन्नै पाउने छन् । सरकारी नियमअनुसार नै खेलाडीहरू लखपति हुनेछन् ।
खेलकुद विकास नियमावली २०७९ अनुसार अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ ।
विश्वकप जिते कति पाउँछन् पुरस्कार ?
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्