पूर्व डीआईजी जोशीको थुनछेक बहस सकिएन, हिरासतमा पठाउन आदेश
काठमाडौं- काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।
पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।
अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्