Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायिका समीक्षा अधिकारी केन्द्रित ज्योती मगरको व्यङ्ग्य: फ्लाइट भनेको साझा बस हैन

आइतबार, माघ ६, २०८१

काठमाडौ - गायिका समीक्षा अधिकारी केन्द्रित ज्योती मगरले ब्याङ्ग्य गरेकी छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेकी छन् 
म अचेल प्रत्यक दिन 2 ओटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु टु पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर 4 ओटा फ्लाइट सम्म गरे... मौसम को कारण भर्खरै मात्र माघ 1 गते र माघ 5 गते 2 ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो... किन कि प्रकृति भन्दा माथी हामी कोइ छैन...

भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ बरै...नेपाल को एर्पोर्ट एर्लाइन्स हरु को बारे मा बुझ पाखे हरु कुनै पनि एर्लाइन्स हरु ले जानी जानी दुख दिदैनन एर्पोर्ट सानो छ अन्तरास्ट्रिय उडान देखि डोमेस्टिक उडान एउटै रनवय मा हुन्छ विभिन्न टेक्निकल कुरा हरु हुन्छन जहाज हरु उड्न उडाउन पार्किङ गर्न सबै कुरा को अनुमती दिने निश्चित निकाय हरु हुन्छन... एउटा प्यासेन्जर ले सिट बेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्ट मा पुगेको जहाज सम्म फर्काउनु पर्ने सास्ती एर्लाइन्स वाला ले भोग्नु पर्छ...साझा बस चढेर ड्राइभर लाई बस स्टाफ लाई मन लागि गाली गर्या जस्तो होइन...फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो...प्रीय कलाकार हरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जाहाज को ओरिपरी फोटो खिच्न पाइदैन पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला... कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु...
नोट: र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ...

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्