Nic Ad Nic Ad
Nic Ad Nic Ad

कसैले चाहँदैमा सरकार ढल्दैन : शंकर पोखरेल

आइतबार, माघ ६, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कसैले चाहँदैमा वर्तमान सरकार नढल्ने बताएका छन् । जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार अहिलेको सरकार बनेको उनको दाबी थियो ।

जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेको दाबी गरे । महासचिव पोखरेलले हालको संसद्मा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र काँग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।

नेकपा ९माओवादी केन्द्र० सँगको गठबन्धन सरकार विघटनको प्रशंग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र काँग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे ।

संसद्मा प्रतिनिधित्वका आधारमा काँग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो ।

आजबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्