Nic Ad Nic Ad
Nic Ad Nic Ad

खो खो विश्वकपः पुरुष टिमपनि उपविजेता

आइतबार, माघ ६, २०८१

काठमाडौं - नेपालको पुरुष टिम खो खो विश्वकपमा उपविजेता बनेको छ । 

आइतबार भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भयो । नेपाल यसअघि समूह चरणमा पनि भारतसँग पराजित भएको थियो । फाइनलमा पनि नेपाल भारतसँग तुलात्मकरुपमा निकै कमजोर रह्यो । भारतीय खेलाडी नेपालविरुद्ध हाबी भएका थिए । 

भारतका दुबै टोली पहिलो संस्करण नै च्याम्पियन बनेको छ । 

आज नै भएको महिलातर्फको फाइनलमा पनि नेपाल उपविजेतामै सिमित बनेको थियो । सोही इन्डोर मैदानमा नेपाल ७८–४० अन्तरले पराजित भयो । 

यसअघि अपराजित हुँदै फाइनल यात्रा तय गरेको नेपालको महिला  फाइनलमा भने घरेलु टोलीसँग पराजित भयो । नेपालले सेमिफाइलनमा युगान्डालाई हराएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्