नेभिगेशन
सुरक्षा–अपराध

प्रेमिकाले धोका दिएको भनी झापाका थापाले आफैंलाई लगाए आगो

काठमाडौं– प्रेमिकाले धोका दिएको भनी झापको दमक नगरपालिका–७ का ४० बर्षिय विनोद थापाले उर्लाबारी मोरङको एक खाजा घरमा आफैंलाई आगो लगाएका छन्।

आइतबार बिहान ११ः४० बजे शरीरमा पेट्रोल छर्किएर थापाले आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। 

उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले आफ्नै पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 
उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए।

उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन्। 

थापाले प्रारम्भिक बयानमा प्रेमिकाले धोका दिएका कारण यस्तो गरेको भनी बताएका छन्। आगोले जलेर थापा घाइते भएका छन्। कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थाका थापाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ।

थापाले शरीरमा आगो लगाएको जानकारी पाउनसाथ खटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले आगो निभाएर उद्धार गर्दै घाइतेलाई उपचारका लागि अस्पताल लगेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ