बलिउड नबाब सैफअली खानमाथि ६ छुरा प्रहार गर्ने ‘चोर’ कहाँका हुन्?
काठमाडौं– बलिउडलाई नै अचम्मित बनाउनेगरी भारतीय अभिनेता सैफ अली खानमाथि भएको आक्रमणका विषयमा एकपछि अर्को नयाँ तथ्य खुलिरहेका छन्।
बलिउड नबाब सैफमाथि आक्रमण गर्ने व्यक्ति भारतीय नभएको मुम्बई प्रहरीले खुलासा गरेको छ। ‘यो मान्छे ५–६ महिनाअघि मुम्बईमा आएका थिए।
हाउस किपिङ एजेन्सीमा काम गर्दथे’, मुम्बई प्रहरीले भन्यो,‘उसको नाम मोहम्मद सरिफुल इस्लाम सहेजादा हो र उनी बंगलादेशी नागरिक हुन्।’
चोरीको उद्देश्यले सैफको बंगलामा प्रवेश गरे पनि कुनै चिज चोरी हुन नपाएको र उनले एक करोड माग गरेको अभिनेत्री करिना कपुरले खुलासा गरेकी छन्। कान्छो छोरा जाँहिरको कोठातिर लम्किएपछि सैफ प्रतिवादका निम्ति तरबार लिन गएका थिए जहाँ सहेजादाले छुरा आक्रमण गरे।
भारतीय समाचार संस्थाका अनुसार करिना सैफसँगै अस्पताल गएकी थिइन्। यो घटना देखेर उनी त्रसित भएकी थिइन्। यसपछि उनी आफ्नी दिदी करिश्मा कपुरको घरमा गएकी थिइन्।