भिम रावलको पक्षमा उभिँदै एमाले ५९ जना नेताले दिए राजीनामा
धनगढी - नेकपा एमालेले भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ ।
यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् ।
उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्