संसद अधिवेशन आह्वान गर्दै मन्त्रिपरिषद बैठक
काठमाडौं– माघ १८ गतेका निम्ति संसदको हिउँदे अधिवेशन डाक्ने तयारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा दिउँसो ३ बजेका लागि डाकिएको छ।
विभिन्न मन्त्रालयका प्रस्तावसहित प्रतिनिधि सभाको हिउँदे अधिवेशन आह्वान गर्नेगरी बैठक बोलाइएको हो।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्