‘राइड सेयरिङ’ प्लेटफर्मका सदस्यले गर्छन् यस्तो हर्कत, यौन प्रस्तावदेखि बलात्कारको उजुरीसम्म
काठमाडौं– यहि माघ २ गते एन्जिला खनाल मुग्लिङबाट काठमाडौं आउँदै थिइन्। मुग्लिङमा सवारी साधन बिग्रिएपछि उनले राइड सेयरिङ प्लेटफर्मको इन्ड्राइभ प्रयोग गर्ने निधो गरिन्।
बहिनीसहित आएकी उनले इन्ड्राइभको सिटी टु सिटी सेवा प्रयोग गर्ने निधो गरिन्।
एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी छिन्। मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको खनालको खुलासा रहेको छ।
सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडिओ सन्देश प्रेशित गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको भनेकी छिन्।
उनले तिनकुने प्रहरीमा उक्त विषयमा उजुरी समेत दिएकी छन्।
यस्तो छ उजुरी
टिकटकमा अपलोड गरिएको १० मिनेट लामो भिडिओमा उनले आफूले इन्ड्राइभ चालकबाट भोगेको दुव्र्यवहार खुलासा गरेकी हुन्।
अहिले इन्ड्राइभले नेपालका सेलिब्रेटिहरु प्रयोग गरि प्रमोसन गरिरहेको छ। त्यसैले उनले १२ वर्षको बच्चा पनि साथमा भएकाले इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो’ उनले भनिन् ‘आपत् पर्दा सबैभन्दा पहिला इन्ड्राइभ नै सम्झिएकी थिएँ।
यसको प्रचारबाजी नेपालका चलेका सेलिब्रिटीले नै गरिरहेका छन्।
उनको रिक्वेस्ट गरेपछि राइडरले स्वीकार गरेर उनलाई इन्ड्राइभकै सिस्टमबाट फोन गरे। यो सिस्टममा राइडरको नाम फोन नम्बर आउँदैन तर राइडरको कल आउँछ।
उनले चालकलाई पर्खीरहेकी थिइन्। लगत्तै चालकले ह्वाट्एसपमा म्यासेज गरे। जब म्यासेज देखिन् अनि खनाल झस्किइन्। राइडरले उनको रिक्वेस्ट एसेप्ट गरेपछि हेल्लो, भर्खर कुरा भएको थियो नि हजुर हो भन्दै प्रश्न गर्छन्। त्यसपछि कल गर्छन्। फोनमा २ मिनेट जति उनीहरुको भाडाको विषयमा बहस भएको यात्रु बताउँछीन्।
चाकलले भन्छन्,‘म एउटा कुरा सोधम नरिसाउनुस ल? बाटोमा एक घण्टा बसम न ल, बरु पैसा लिदिन हुन्छ ?’ भन्दै म्यासेज गर्छन् ।
यात्रुले यति भन्दा पनि ति चालकको अझै होस खुल्दैन बरु उनले ‘मन मिल्यो भने’ भन्दै म्यासेज गर्छन्। त्यसपछि यात्रुले ‘तपाईले सोचेको जस्तो मान्छे होइन म’ भन्दै ब्लक गर्छिन्।
यसरी समस्यामा परेकी र गलत नियतको शिकार बनेकी खनाल मात्र पात्र होइनन्।
राइड सेयरिङ प्लेटफर्मको रुपमा दाबी गर्दै आएको टुटलका चालकले एक सेवाग्राही युवतीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो।
कपनबाट ललितपुरको भैसेपाटी एरिया जाने समयमा लिएको टुटल सेवामा आबद्ध मोटरसाइकल चालक वीरेन्द्र शर्माले सेवाग्राही युवतीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो।
मोबाइलमार्फत टुटलको एपमार्फत सेवा माग गरेकी ती युवतीले स७प ७३५५ नम्बरको मोटरसाईकलका चालक शर्माले ‘सेक्स प्रस्ताव’ राखेको आरोप लगाएकी थिइन्।
यस्तै राइडिङ सेवा एप्स पठाओ प्रयोग गरेर सेवा दिने एक महिला सेवाग्राहीबाटै बलात्कृत भएको भन्दै उजुरी लिएर प्रहरीमा गएकी थिइन्। तर, घटना भने युवतीले युवालाई स्कुटीमा घर पुराउने क्रममा भएको होइन। प्रेम सम्बन्ध भएर धोका खाएपछि ती युवती बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन्।
पठाओ चढ्ने युवा नुवाकोटका थिए, उनी काठमाडौं मनमैजु डेरा गरी बस्थे। ती युवाले काठमाडौं प्रहरी परिसर टेकुबाट कोठामा जाने क्रममा पठाओ एप्सबाट राइडर बोलाए।
सो क्रममा युवती राइडर आइपुगिन्। घर जाने क्रममा दुवैको कुराकानीको क्रममा चिनापरिचय पनि भयो। दुवैजना सोसल मिडिया फेसबुक म्यासेन्जरमा जोडिए। अर्काे दिनदेखि दुवैजना लगातार भेट्न थाले।
ती पुरुषले आफू क्यानडा जाने तयारीमा रहेको बताएका थिए। पठाओ चालक युवती पनि विदेश जान भन्दै काठमाडौं आएकी थिइन्। तर, विदेश जाने प्रोसेस ढिलो हुने भएपछि स्कुटर लिएर पठाओ चलाउन थालेकी थिइन् ।
युवाले पठाओ चालक युवतीलाई आफूसँगै क्यानडा लैजाने बताए। युवतीलाई प्रेम प्रस्ताव राखे। युवती राजी भइन्। युवाले शारीरिक सम्बन्धको प्रस्ताव राखे।
तर युवतीले बिहे अगाडि नहुने अडान लिइन्। पठाओ चालक युवतीले नमानेपछि युवाले गृहजिल्ला नुवाकोट लगेर ‘कोर्ट म्यारिज’ गर्ने आश्वासन दिए।
त्यति भन्दा पनि युवती राजी भइनन्। युवाले जुक्ति निकाले ‘क्यानडा नलैजाने’ बहना बनाउने। युवाले भने, ‘त्यसो भए म तिमीलाई क्यानडा लैजान्न।’ त्यसपछि युवती बिहेअघि नै शारीरिक सम्बन्धको लागि तयार भइन्।
शारीरिक सम्बन्धपछि युवा टाढिए। उनले क्यानडा लैजाने मिति नजिकियो, तर वास्ता गरेनन्। न त ती युवा क्यानडा गए, न युवतीलाई लगे। त्यसपछि पठाओ चालक युवती प्रहरीमा गएकी हुन्।
युवतीले भने अरू पनि आरोप लगाएकी छिन् । आफ्नो ‘नग्न फोटो र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै पटकपटक सम्बन्ध राखेको’ युवतीको आरोप थियो।
केही पैसा समेत लिएको उनको आरोप थियो।े पैसा फिर्ता दिन्छु भनी बोलाएर आफ्नै डेरामा शारीरिक सम्बन्ध पनि राखेको उनले बताएकी थिइन्।
जाहेरीपछि युवा पक्राउ परेका छन्। उनले बयानमा आफूहरू प्रेममा रहेको र अहिले छुटेको दाबी गरेका छन्। प्रेममा रहँदा आफूले क्यानडा जान आईईएलटीस गरिरहेको बताएको पनि स्विकारेका छन्।
युवतीलाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको पनि बयान दिएका छन्। त्यसपछि आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि भएको युवाले बताएका छन्।
पछिल्लो पटक राइड सेयर गरिने तीन वटै माध्यममा पनि यस्ता अपराधका श्रृङ्खला विस्तारै बढ्न थालेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस्ता राइड सेयरिङमार्फत हुने प्रकारान्तरका अपराधका घटनाबारे जानकारी आउन थालेका छन्।
उच्च अधिकारी भन्छन्,‘नियमन र नियन्त्रणको कुरा एकातिर भए पनि सुरक्षाको विषयमा ग्राहक पनि चनाखो हुन आवश्यक छ।’