Nic Ad Nic Ad
Nic Ad Nic Ad

बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने रविका तीन समर्थकहरू, अनुसन्धान जारी छ 

सोमबार, माघ ७, २०८१

काठमाडौं– बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण गर्ने तीन जनालाई प्रहरीले पहिचान गरी अनुसन्धानका लागि पक्राउ गरेको छ। 

नेपाल बार एशोसिएशनसहित कानुन व्यावसायीमाथि भएको आक्रमणको बिरोधमा उत्रिएका बेला रास्वपा सभापति रवि लामिछानेका तीन जना समर्थक त्रिपाठी आक्रमण प्रकरणमा पक्राउ गरिएका हुन्। 

पछिल्लो पटक प्रहरीले एक महिला पक्राउ गरेको हो। झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने ५५ वर्षिया शितल भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो। 

माघ २ गते काठमाडौं जिल्ला अदालतको परिसरमा त्रिपाठीमाथि आक्रमण भएको थियो। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

यसअघि पक्राउ गरिएकामा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी थिए।

टोखा नगरपालिका–३ बाट नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ। कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शनिबार उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले शुक्रबार त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो।

दोलखाको तामाकोशी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसी रास्वपामा छिरेका कांग्रेसका पूर्वकार्यकर्ता रहेको खुलेको थियो। 
माघ २ गते बुधबार दिउँसो पौने ४ बजे काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरूको भिड रहेको अवस्थामा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो।
अदालतको दक्षिण गेट अगाडिको सडक खण्डमा जेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भीडमा रहेका केही व्यक्तिहरूले हुलहुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई वरिष्ठ अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा त्रिपाठी जाहेरकर्ताको तर्फबाट बहस गर्ने कानुन व्यावसायी हुन्। सो क्रममा जिल्ला अदालत काठमाडौंले रकम अपचलन गरेको कसुरदान नभएको भन्न नसकिने जिकिर गर्दै लामिछानेलाई ६० लाख रुपियाँ धरौटीमा परिवारको जिम्मा लगाएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्