स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री बैंककमा
काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि थाइल्यान्ड पुगेकी छन् ।
शनिबार बैंकक पुगेकी उनी माघ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, बैंककबाटै परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीबीच टेलिफोन वार्ता गरेकी छन् ।
टेलिफोन वार्तामा उनीहरूबीच हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइको विषयमा कुराकानी भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १६:४४
प्रतिक्रिया दिनुहोस्