Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय

सोमबार, माघ ७, २०८१

काठमाडौँ- सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्