Nic Ad Nic Ad
Nic Ad Nic Ad

मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सोमबार, माघ ७, २०८१

काठमाडौँ - विशेष अदालत काठमाडौँले मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुन् ।  विशेष अदालतले सोमबार ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ । विशेषले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्निबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । मतियारको रूपमा बिन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ ।

दोषी ठहर भएका मध्ये बिन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिन मात्र कैद बसे हुने फैसला विशेषले सुनाएको छ । अख्तियारले ८ जनाविरुद्ध  २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्