यस्तो रहनेछ आज दिनभरिको मौसम
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । काठमाडौँ उपत्यका तथा तराईका केही भूभागमा हुस्सु लागेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना हुने विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १०:१०
प्रतिक्रिया दिनुहोस्