Nic Ad Nic Ad
Nic Ad Nic Ad

हर्क साम्पाङको रित्तो गाग्री प्रहरीको कब्जामा, प्रधानमन्त्री ओलीलाई भेट्दैछन् (भिडिओ)

मंगलबार, माघ ८, २०८१

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले सिंहदरबार गेटबाट कब्जामा लिएको छ।

धरानका जनतालाई खानेपानीको दीर्घकालिन सुनिश्चितता संघीय सरकारले नगरेको भनी रित्तो गाग्रीसहित साम्पाङ खबरदारी गर्न सिंहदरबार छिर्न लागेका थिए। 

मंगलबार कार्यालय समय हुनासाथ सिंहदरबार छिर्न लागेका मेयर साम्पाङको गाग्री प्रहरीले कब्जामा लिएको हो।

उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन्।

उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ। हर्कले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए।

धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ।

खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेका छन् ।

 


 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्