नैतिक प्रश्नबाट अलग हुन पाउने छैनन् शिल्पा पोखरेल
काठमाडौं–अब ४ करोडको घर मानाचामलमा पाएपछि यो प्रश्न सोध्नका निम्ति अतिशयोक्ति हुन्न कि,‘रेखा थापाले डिभोर्स फाइनल नगरी छविराज ओझासँग किन बिहे गरेकी थियौ?’
हुन त यो शिल्पा पोखरेल र छविराज ओझाको निजी मामला हो। तर सेलिब्रिटी भएपछि अनि मिडियाबाजी गर्दै प्रहरी थानासम्म पुगेपछि यो सार्वजनिक चासोको प्रश्न अवश्य हो।
प्रथमतः शिल्पा र छविराज ओझाबीच भएको सहमतिबारेको एउटा ब्रिफिङ यस्तो छ।
छवि शिल्पालाई आफ्नो करोडौं मूल्य पर्ने घर दिन सहमत भएका छन्।
उनीहरुले दशैं अगाडि गरेको सम्झौता अहिले सार्वजनिक भएको हो। दुवैले यस विषयलाई गोप्य नै राख्न चाहेका थिए। अंशबन्डाको कानूनी प्रक्रिया जारी रहँदा छविले आफ्नो सम्पत्ति उपभोग गर्न पाइरहेका थिएनन् भने उनको बैंक खाता पनि रोक्का थियो। डिभोर्स टुंगिएसँगै दुवै आआफ्नो बाटो लागेका छन्।
शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको छ। करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्छ।
शिल्पा ४० लाख रुपैयाँ आफैंले खर्चेर मर्मतसम्भार गरेपछि सो घरमा सरिसकेकी छन्।
छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए।
२०७६ साल असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। विभिन्न मिडियामा रुँदै अन्तर्वार्ता दिएर उनले छविबाट घरेलु हिंसामा परेको दाबीसमेत गरेकी थिइन्।
सोही वर्ष शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दासमेत हालिन्। २०७९ सालमा अदालतले शिल्पाको पक्षमा फैसला सुनायो। अदालतले डिभोर्सको माग स्वीकार्दै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गरेको थियो।
कथा सक्किएको छैन।
छविराज ओझाकी चौथो पत्नी बन्न तयार शिल्पालाई उनको बिगत राम्रोसँग थाहा थियो। थाहा नपाएको पहिलो पत्नी हेमा हुनुपर्छ। थाहा पाएका पत्नीहरु गीताञ्जली र रेखा थापाको बारेमा त राम्रो जानकार थिइन् शिल्पा।
आफूले निर्माण गरेको फिल्म ‘लज्जा’ मा उनले रेखा जस्तै अनुहार भएकी शिल्पालाई खोजेका थिए। फिल्म डेब्यु गराएपश्चात बिहे गर्ने आफ्नो शैलीलाई उनले निरन्तरता दिए।
शिल्पाले कतिपय सन्दर्भमा ‘रेखा दिदी’ले भन्नुभएको थियो भन्नेसम्मको हवाला दिन्छिन्। तर रेखा आफैं भने छविसँग रुष्ट छैनन्। न छवि रेखाको व्यक्तित्वको गलत व्याख्या गर्छन्।
रेखासँग डिभोर्स नटुङ्गिदै शिल्पा छविसँग बिहे गर्ने निधोमा पुगिन्। यसकारण पनि उपर्युक्त प्रश्न जायज हुन्छ।
पुरुषलाई बहु विवाहको मुद्दा पनि लाग्छ तर महिलालाई नलाग्ने कारण के होला? यो प्रश्न शिल्पाका लागि आकर्षित हुने थियो। तैपनि बहु विवाह सम्बन्धी मुलुकी ऐन र संविधानले निर्दिष्ट गरेको विषयलाई यहाँ राख्नु उपयुक्त हुनेछ।
नेपालमा बहुविवाहलाई कानूनले प्रतिबन्धित गरेको छ। नेपालको संविधान २०७२ र मुलुकी अपराध संहिता २०७४ ले यसलाई गैरकानुनी कार्यका रूपमा परिभाषित गरेको छ। नेपालको कानुनी व्यवस्थामा कुनै व्यक्तिले जिउँदो पति या पत्नी रहँदा अर्को विवाह गर्न पाउँदैन। यस विषयमा कानून र सामाजिक संरचनाका आधारमा बहुविवाहलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ।
मुलुकी अपराध संहिता २०७४को धारा १७५ ले बहुविवाहलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ।
यो व्यवस्था अनुसार कुनै व्यक्तिले जिउँदो पति पत्नीको सहमति वा जानकारी बिना अर्को विवाह गरेमा, उक्त कार्य गैरकानुनी मानिन्छ।
बहु विवाहमा संलग्न हुने दुवै व्यक्तिलाई कारबाही गरिने व्यवस्था छ।
दण्डको रूपमा १ देखि ५ वर्षसम्मको कैद सजाय र जरिवाना तोकिएको छ।
साथै, दोस्रो विवाहबाट जन्मिएका सन्तानलाई पनि कानूनी अधिकारबाट वञ्चित गरिन्छ।
नेपालको संविधान २०७२ अनुसार समानता र न्यायको सिद्धान्तलाई प्राथमिकता दिएको छ।
संविधानको धारा ३८ (महिला अधिकार) अनुसार महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा रोक्न कानूनी व्यवस्था गरिएको छ। बहु विवाह महिलाको अधिकारमाथि हस्तक्षेप मानिन्छ।
केही विशेष परिस्थितिमा भने कानूनले अपवादस्वरूप दोस्रो विवाहलाई मान्यता दिन सक्छ।
यदि पति पत्नी गम्भीर रोगबाट पिडित छन् वा सन्तान जन्माउन असमर्थ छन् भने, अदालतको अनुमति लिएर दोस्रो विवाह गर्न सकिन्छ।
यद्यपि, यसका लागि प्रमाण पेश गर्नुपर्ने र कानूनी प्रक्रिया पालना गर्नुपर्ने हुन्छ।
नेपालमा बहुविवाहप्रति समाजमा पनि नकारात्मक दृष्टिकोण रहेको छ। बहुविवाहले परिवारमा तनाव, द्वन्द्व, र हिंसा उत्पन्न गर्न सक्छ। यसले विशेषगरी महिलाको आर्थिक, मानसिक, र सामाजिक अवस्थालाई कमजोर बनाउने सम्भावना हुन्छ।
नेपालको कानूनी व्यवस्था बहुविवाहलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेर सामाजिक न्याय र महिला अधिकारको रक्षा गर्न प्रतिबद्ध छ।
कानूनी अपवादबाहेक बहुविवाह गर्ने व्यक्तिहरूलाई सजाय भोग्नुपर्ने हुन्छ। अतः यस विषयमा समाज र राज्यले समान रूपमा सचेतना फैलाउन आवश्यक छ।
यो कानुनी आधार प्रस्तुत गर्नुको अर्थ हो, रेखा थापाको डिभोर्स किनारा नलाग्दै शिल्पाले गरेको बिहे र बिहे गरेको केही महिनामा नै उनले निकालेको विवादको श्रृङ्खला पनि। छवि भलै पिडक र शिल्पा पीडित हुन् तर लोकले सोच्ने र सोध्ने प्रश्नबाट अलग हुन पाउने छैनन्।
कुरा काट्नेहरूले भन्ने नै छन्,‘छविको सम्पत्ति हत्याउन शिल्पाले यतिसम्म गरेकी रहिछन्।’
शिल्पा प्रताडित भएकी थिइन् भन्ने उनको बयानबाजी र डिभोर्स अनि मानाचामलको विषयमा अदालतले गरेको फैसलाले पुष्टि गर्ला तर नैतिक प्रश्नको घेराबन्दीले भने छाड्ने छैन। त्यस प्रश्नको सामना गर्ने साहस बटुल्न सक्ने हिम्मत मिलोस्।