Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

मंगलबार, माघ ८, २०८१

काठमाडौँ- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु. ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

बाग्लुङ ताराखोला गाउँपालिका-३ का तिलकबहादुर कार्की, प्युठान नौ बहिनी गाउँपालिका-६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका-८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपराह्न पक्राउ गरेको हो । अभियुक्त परियारले रु २८ लाख, कार्कीले रु. एक र विष्टले रु. दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डंगोललाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्