मकवानपुर-काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा
काठमाडौँ- सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।
थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती दुवै सडक स्तरोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।
यसैगरी, मकवानपुर-काठमाडौँ जोड्ने कुलेखानी-फाखेल सडकखण्ड र कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक-खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १३:५६
प्रतिक्रिया दिनुहोस्