Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

मंगलबार, माघ ८, २०८१

काठमाडौँ- मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।

दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।

१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढ्यो ।

दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटेल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार