हर्क साम्पाङ भन्छन्- प्रधानमन्त्री ओलीले मलाई फेस गर्न सकेनन् !
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानरपालिका प्रमुख हर्क साम्पाङलाई भेट गर्न अस्वीकार गरेका छन् ।
साम्पाङले मंगलबार खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेललाई सिंहदरबार पुगेर भेट गरेपनि प्रधानमन्त्री ओलीलाई भने भेट गर्न सकेनन् । प्रधानमन्त्री ओलीलाई भेट्नका लागि उनका स्वकीय सचिवहरुलाई पटक–पटक फोन गर्दा पनि समय नरहेको जानकारी आएको बताइएको छ ।
भेट नदिएपछि साम्पाङले सामाजिक सञ्जालमा केपी ओलीले आफुलाई फेस गर्न नसेको स्ट्याटस लेखेका छन् ।
साम्पाङ आज रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए । साम्पाङले ल्याएको रित्तो गाग्री भने प्रहरीले सिंहदरबारभित्र लैजान खोज्दा प्रहरीले खोसेको थियो ।
साम्पाङ प्रधानमन्त्री ओलीलाई भेटेर धरानको खानेपानी समस्याको बारेमा ध्यानाकर्षण गर्दै पत्र बुझाउने चाहे पनि त्यो भने सफल नहुने भएको छ ।