Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्यो आरोहण रोयल्टी, सगरमाथा चढ्न अब १५ हजार डलर

बुधबार, माघ ९, २०८१

काठमाडौं - सरकारले हिमाल आरोहण रोयल्टी (दस्तुर) बढाएको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट पर्वतारोहण नियमावली स्वीकृत भएको छ । जसले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ लाई प्रतिस्थापन गर्ने छ ।

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीका अनुसार सोही नियमावलीले वसन्त ऋतु (चैत–वैशाख) मा ११ हजार अमेरिकी डलर रहेको सगरमाथा आरोहण रोयल्टी वृद्धि गरी १५ हजार डलर पुर्‍याएको छ । यो विदेशी पर्यटकलाई तोकिएको रोयल्टी हो ।

महानिर्देशक डा. रेग्मीका अनुसार ८ हजारभन्दा अग्ला हिमाल चढ्न लाग्ने दस्तुर बढी दरले वृद्धि भएको छ भने अन्य हिमालमा समेत दस्तुर बढेको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने छ ।


नेपालमा ४ सय ६१ हिमाल आरोहणमा खुला भएका छन् । यसमध्ये केही हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्दै आएको छ । खुला गरिएको भए पनि ६८ हिमालमा भने अझै पनि मानव पाइला पुग्न सकेको छैन ।

एकातर्फ सीमित हिमालमा मात्र आरोही झुम्मिने र अर्कातर्फ धेरै हिमालमा त्यहाँसम्म पुग्ने आधारभूत बाटो समेत पुग्न नसक्दा आरोहण नै सुरु हुन नसकेको अवस्था छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्