Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनलाई ट्रम्पको चेतावनी

बुधबार, माघ ९, २०८१

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुसविरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा उक्त जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

यस क्रममा ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नै नहुने दाबी पनि गरे । डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशतबाट ५ प्रतिशत पुर्‍याउनु पर्ने बताएका छन्। एजेन्सी

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्