पोखरा महानगरमा लगाइएको ताला सहमतिमा खुल्यो
पोखरा- पोखरा महानगरपालिकामा लगाएको ताला खोलिएको छ ।
गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगर सभा स्थगित गरेको भन्दै नेपाली काँग्रेसका निर्वाचित जनप्रतिनिधिले मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
बुधबार केही निर्णयहरूसहित उहाँहरूको सहमतिमा ताला खोलिएको महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले जानकारी दिए । उनका अनुसार मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा भएको बैठकबाट सहमति भएपछि ताला खोलिएको छ । चालू नगर सभा केही दिनमा गर्ने सहमति भएको उनले बताए ।
यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने लगायत अन्य केही आवश्यक निर्णयहरू भएको तिम्सीनाले बताए ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्