Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवजात शिशु र सुत्केरीको हेलिकप्टरबाट उद्धार

बुधबार, माघ ९, २०८१

सोलुखुम्बु- सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशु र आमाको उद्धार गरिएको छ ।

थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेत र उनले जन्माएको नवजात शिशुको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

थुलुङ दुधकोसी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्था देखिएपछि आमा र नवजात शिशुको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत् आमा र नवजात शिशुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए । आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्