Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीएसपी पूर्णिमा चन्दलाई काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी

बुधबार, माघ ९, २०८१

काठमाडौं- जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् । परिसरले आज (बुधबार) देखि उनलाई सो जिम्मेवारी दिएको हो । डीएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन् ।

यसअघि उनी काठमाडौंको स्वयम्भू वृत्तको प्रमुख थिइन् । वृत्त इन्चार्ज हुँदा उनी ‘पुलिस अफ द मन्थ’ बनेकी थिइन् । परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्