Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको पचौरा स्टेशनमा ट्रेनले ट्रयाक छोड्दा ११ को मृत्यु, ५० बढी घाइते

बुधबार, माघ ९, २०८१

काठमाडौं - भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि घटना भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो ।

यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो ।

दुर्घटनामा केही नेपाली पनि परेको बताइएको छ । तर, यसको पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्